दफा ७
सदस्यको अयोग्यता
देहायको कुनै व्यक्ति सदस्यमा मनोनित हुन वा बहाल रहन सक्ने छैनः–
(क) गैर नेपाली नागरिक,
(ख) परिषद्मा कार्यरत वैतनिक कर्मचारी,
(ग) साहुको ऋण तिर्न नसकी दामासाहीमा परेको,
(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको, वा
(ङ) मगज विगे्रको ।
(च) पदेन सदस्य बाहेक अन्य सदस्य पैंतीस वर्ष उमेर पूरा नभएको ।